Rule 11
आवास, विजुली, धारा र टेलिफोन सुविधा
(१) काठमाडौं उपत्यकाभित्र आफ्नो वा आफ्नो सगोलमा रहेको परिवारको कुनै सदस्यको नाममा घर नहुने प्रमुख सूचना आयुक्त र सूचना
आयुक्तलाई मासिक रुपमा घरभाडा बापत क्रमशः बाह्र हजार एक सय पचास रुपैंयाँ र एघार हजार चार सय रुपैयाँ दिइनेछ ।
(२) काठमाडौं उपत्यकाभित्र आफ्नो घर हुने प्रमुख सूचना आयुक्त र सूचना आयुक्तलाई घर सफाई एवं मर्मतको निमित्त क्रमशः मासिक एक हजार पाँच सय रुपैंयाँ र एक हजार दुई सय रुपैयाँ दिइनेछ ।
(३) प्रमुख सूचना आयुक्त र सूचना आयुक्त प्रत्येकलाई टेलिफोन, विजुली र धारा सुविधा बापत मासिक एक हजार पाँचसय रुपैयाँ दिइनेछ ।